काठमाडौँ - युनाइटेडका प्रमुख कार्यकारी र फुटबल निर्देशक बार्सिलोना जाने भएका छन्। म्यानचेष्टर युनाइटेडका प्रमुख कार्यकारी रिर्चड अर्नोल्ड र फुटबल निर्देशक जोन मुर्टफ बार्सिलोना जाने भएका हुन्।
डच मिडभिल्डर तथा बार्सिलोनाका खेलाडी फ्रेन्की डि जोङलाई क्लवमा भित्र्याउनका लागि बार्सिलोनासँग कुरा गर्न बार्सिलोना जाने भएका हुन्। २५ वर्षीय डि जोङ युनाइटेडका प्रशिक्षक इरिक टेन ह्यागको प्राथमिकतामा परेका खेलाडी हुन्।
आर्थिक रुपमा समस्यामा परेको बर्सिलोनाले उनलाई कोरोनाको महामारीमा स्थगित गरेको रकम दिन बाँकी रहेको बताइएको छ।
क्लवको आार्थिक संकटलाई बुझेर डि जोङले त्यो रकमका प्राप्तीका लागि कुनै पहल गरेका थिएनन्। जुन क्लवले अहिले दिन लागेको भन्नेछ। त्यही कारणले गर्दा डी जोङ बार्सिलोना छाड्ने मुडमा छैनन्।
प्रमुख कार्यकारी रिर्चड अर्नोल्ड र र फुटबल निर्देशक जोन मुर्टफ बार्सिलोनाका अधिकारीसँग बार्ता गरेर डि जोङलाई क्लवमा भित्र्याउन जोड दिएका छन्। यदी यस्तो इच्छुकता नहुँदो हो त यी २ मध्य १ अहिले टिमसँगै थाइल्याण्डमा हुने थिए। थाइल्याण्डमा युनाइटेडले मंगलबार प्रिसिजनको खेल खेल्दैछ।