इम्पोलीमाथि युभेन्टसको सहज जित

काठमाडौँ - युभेन्टसले इटालीको सिरी 'ए'मा इम्पोलीमाथि शुक्रबार ४-० को सहज जित निकालेको छ। लय समात्न संघर्षरत युभेन्टसका लागि यो जितले ठूलो राहत दिनेछ।

उसका लागि मोइस केनले आठौं मिनेटमा पहिलो गोल गरेका थिए। वेस्टन म्याककेनीले ५५ औं मिनेटमा दोस्रो गोल थपेका थिए। त्यसयता एडरिन राबोटले खेलको अन्त्यतिर दुई गोल थपेका थिए।

यो जितपछि युभेन्टसको ११ खेलबाट १९ अंक सँगै सातौं स्थानमा रहेको छ। युभेन्टस लिग तालिकाको शीर्ष स्थानमा रहेको नेपोलीबाट अझै ७ अंक टाढा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×