तनहुँ - आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ६४० उम्मेदवार कायम भएका छन्। चार नगरपालिका र छ गाउँपालिकामा काङ्ग्रेसबाट ४४० जनाको उम्मेदवारी परेको छ। यसैगरी एमालेका ४१६ जना माओवादीका ३४७ जनाको उम्मेदवारी दर्ता भएको छ। एकीकृत समाजवादीका १३०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १७९, मङ्गोल नेशनल अर्गनाइजेशनका ५२, विवेकशील साझाका ११ जनाको उम्मेदवारी दर्ता भएको छ।
यसैगरी स्वतन्त्र रूपमा १२५ जनाको उम्मेदवारी दर्ता भएको छ। जनता समाजवादी पार्टीका तर्फबाट १८, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट २६, मौलिक जरोकिलो पार्टीबाट दुई, नेपाली कांग्रेस (बिपी) एक, उन्नत लोकतन्त्र पार्टीबाट एक, नेकपा (मार्क्सवादी लेनिवादी)बाट दुई जनाको उम्मेदवारी परेको छ।