आफ्नै आलु लीलामीमा किन्न बाध्य किसान

इनरुवा - देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ का किसान खिलानन्द यादवले पुसको अन्तिममा आफ्नो खेतबाट साँझ चारओटा ट्र्याक्टरमा आलु लोडगरेर इनरुवाको सब्जिमण्डीमा लैजाँदै गर्दा भन्सार गस्तीले पक्राउ गर्‍यो। भन्सारका कर्मचारीको तर्क थियो, आलु भारतबाट ल्याइएको हो।

तर, त्यसबेला भारतमा भन्दा नेपालमा आलु सस्तो थियो। सुनसरी भन्सार कार्यालयलाई आलुमा लागेको माटो परीक्षण गरी आलु कुन खेतको हो पत्ता लगाउन खिलानन्दले आग्रह गरे। तर, सुनसरी भन्सार कार्यालयले त्यो सम्भव नभएको भन्दै आलु लीलाम गरिदियो। त्यो लीलाम खिलानन्द आफैले सकारेर आफ्नै बारीको आलुका लागि ४ लाख रुपैयाँ भन्सारलाई तिर्नुपर्‍यो।

यो सीमाक्षेत्रका किसानको समस्याको प्रतिनिधि घटना हो। यस्ता घटना प्रत्येक कृषि उपज तयार भएपछि खेतबाट बजार पुर्‍याउँदा यहाँका किसानले भोगिरहनुपर्छ। सीमाक्षेत्रका किसानले मकै, गहुँ आदि जुनसुकै बाली बजारमा लिएर जाँदा ‘पारिबाट’ ल्याएको ट्याग लगाइदिएर भन्सारले पक्राउ गर्ने र लीलाम गरिदिने गरेको छ। आजको आर्थिक अभियान दैनिकमा समाचार छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×