इंग्लिस प्रिमियर लिग: आज आठ खेल हुँदै

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार विभिन्न आठ खेलहरु हुँदैछन्। प्रिमियर लिगमा शनिबार आर्सनल, म्यानचेस्टर, लिभरपुल, चेल्सी, टोटेनहम लगायतका टोलीको मदान उत्रने छन्।

लिगको शीर्ष स्थानमा रहेको आर्सनलले उल्भ्ससँग भिड्नेछ। आर्सनल र उल्भ्सबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ। यस्तै म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डसँग खेल्नेछ। खेल साँझ ६:१५ बजे सुरु हुनेछ।

लिभरपुलले राति ८:४५ बजेबाट साउथह्याम्पटनको सामना गर्नेछ। यसै समयमा हुने अन्य खेलमा एभर्टनले बर्नेमाउथ, टोटेनहमले लिड्स, लेस्टरले वेस्ट ह्याम र क्रिस्टल प्यालेसले नटिङघम फरेस्टको सामना गर्नेछ।

त्यस्तै चेल्सीले न्युकासलसँग खेल्नेछ। न्युकासलको मैदानमा हुने खेल राति १०:१५ बजे सुरु हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×