काठमाडौँ - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगलाई मान्यता दिएको छ।
क्यानले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगितालाई आईसीसीले स्वीकृति दिएको जनाएको हो। क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन्। प्रतियोगितामा काठमाडौं, विराटनगर, जनकपुर, पोखरा, लुम्बिनी-भैरहवा र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्ने छन्।
नेपालको आधिकारिक टी-२० लिग रहेको काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने प्रतियोगिता असोज ८ गतेदेखि कार्तिक ५ गतेसम्म चल्नेछ।