प्रिमियर लिगमा आज ६ खेल हुँदै

काठमाडौँ - इङ्ग्लिस प्रिमियर लिगमा आज बिभिन्न ६ खेल हुँदैछन्। शुक्रबारबाट सुरु भएको नयाँ सिजनको दोस्रो दिनमा ६ खेल हुन लागेका हुन।

शनिबार हुने पहिलो खेमला फुलहमले लिभरपुललाई आतिथ्यता प्रदान गर्दैछ। फुलहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार ५:१५ बाट सुरु हुनेछ।

आजको खेलमा लिभरपुल सहज जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने योजनामा रहेकत्छर । यता फुलहम पनि सोही योजनामा हुनेछ।

आज हुने अर्काे खेलमा टोटेनहमले साउथ ह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ। टोटेनहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ।

सोही समयमा बर्नमाउथले एस्टनभिल्लासँग प्रतिस्पर्धा गर्दा न्युक्यासलले नथिङहम फरेस्टलाई आतिथ्यता प्रदान गर्नेछ। यसै समयमा हुने अर्काे खेलमा लिड्स युनाइटेड र उल्भ्सले प्रतिस्पर्धा गर्नेछन्।

आज हुने अन्तिम खेलमा एभर्टनले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ। २ टोलीबीचको खेल नेपाली समय अनुसार १०:१५ बाट सुरु हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×