काठमाडौँ । कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने भएका छन् । स्रोतका अनुसार सिंहले देउवालाई समर्थन गरे वापत उपप्रधानमन्त्री पाउने भएका छन् ।
स्रोतका अनुसार यसबाहेक सिंहसँग अन्य राजनीतिक लेनदेन समेत भएको छ । सिंहको समर्थन पाउनासाथ देउवाको जीत करिबकरिब सुनिश्चित जस्तै भएको छ । समापतिमा निर्वाचित हुन ८२ मतको कमी भएपश्चात पुनः मतदान हुने भएको हो ।
दोस्रो चरणको चुनावका लागि मंगलबार दिउँसो ३:३० बजेदेखि बेलुका ७ः३० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ ।