कम्युनिटी शिल्ड : सिटी र लिभरपुल भिड्दै

काठमाडौँ - कम्युनिटी शिल्डको उपाधिका लागि आज लिभरपुल र म्यानचेस्टर सिटी भिड्दैछन्। प्रिमियर लिग उपाधि विजेता सिटीले लिभरपुलसँग नयाँ सिजनको सुरुवात हुनु पूर्व कम्युनिटी शिल्डको उपाधिका लागि खेल्न लागेको हो।

२ टोलीबीचको खेलमा राति १०ः ४५ बाट सुरु हुनेछ। आजको खेलमा दुबै टोली उपाधि जित्दै नयाँ सिजनको सुखद सुरुवात गर्ने योजनामा रहेका छन्। प्रिमियर लिग फुटबल अगस्ट ६ बाट सुरु हुँदैछ।

सिटीले आजको खेलमा इर्लिङ हालान्डलाई मैदान उतार्दैछ। सिजन सुरु हुनु पूर्व हालान्डलाई पनि आफ्नो कौशलताको सुरुवात गर्ने मौका हुनेछ। प्रिमियर लिग विजेता र एफएकप विजेताबीच कम्युनिटी शिल्डका लागि प्रतिस्पर्धा हुने गर्दछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×