विश्वकपको मुखैमा इंल्याण्डका चिलवेल घाइते

काठमाडौँ - कतार विश्वकप आउन दुई साताको समय मात्र बाँकी छँदा इंल्याण्डलाई एकपछि अर्को झट्का लागेको छ। समूह बी मा रहेको इल्याण्डका खेलाडी एकपछि अर्को गर्दै घाइते भएपछि तनावमा परेको छ।

पछिल्लो समय डिफेन्डर वेन चिलवेल घाइते भएपछि इल्याण्डलाई अर्को झट्का लागेको हो। च्याम्पिन्स लिग अन्तर्गत बुधबार राति डिनामो ग्रेवसँगको खेलमा तिघ्रा चोटका लागि विश्वकप गुमाउने भएको चेल्सीले पुष्टि गरेको छ। स्क्यान रिपोर्टमा राम्रो नदेखिएपछि चिलवेलले विश्वकप गुमाउने बताइएको छ।

कतार विश्वकपमा इल्याण्डको पहिलो रोजाइमा खेल्न तयार रहेका चिलवेल किरन ट्रिपरसँगै मैदान बाहिरै बस्नेछन्। चिलवेलसँगै रेस जेम्स पनि घुडाँको चोटको कारण मैदान बाहिर हुनेछन्। कायर वाकर र केल्भिन फिलिप पनि समयमा नै ठिक हुनेमा आशंका रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×