एमाले महाधिवेशन अन्तरर्गतको अन्तिम मतपरिणाम सार्वजनिक (यी हुन् निर्वाचित पदाधिकारी)

चितवन। नेकपा एमालेको १०औँ महाधिवेशनअन्तरर्गतको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली फराकिलो मतान्तरले विजयी भएका छन्। उनीविरुद्ध उम्मेदवारी दिएका भीम रावलले १९३  मत पाउँदा ओलीले २००० मत पाएर अध्यक्ष चुनिएका हुन्। 

यस्तै पूर्वमाओवादीबाट एमाले बनेका रामबहादुर थापा बादल उपाध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा नै उम्मेदवारी दिएका घनश्याम भुसाल भने पराजित बनेका छन्। 

यी हुन् निर्वाचित पदाधिकारी

अध्यक्ष : केपी ओली

वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेल

उपाध्यक्षहरु

अष्टलक्ष्मी शाक्य

युवराज ज्ञवाली

रामबहादुर थापा

विष्णु पौडेल

सुरेन्द्र पाण्डे

सुवास नेम्वाङ

महासचिव : शंकर पोखरेल

उपमहासचिव

पृथ्वीसुब्बा गुरुङ

प्रदीप ज्ञवाली

विष्णु रिमाल

सचिव

गोकर्ण विष्ट

छविलाल विश्वकर्मा

टोपबहादुर रायामाझी

पद्मा अर्याल

योगेश भट्टराई

रघुवीर महासेठ

लेखराज भट्ट

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×