युवा स्टार माथिस तेल बायर्न म्युनिखमा अनुबन्ध

काठमाडौँ - जर्मन च्याम्पियन बायर्न म्युनिखले १७ वर्षीय युवा स्टार माथिस तेललाई अनुबन्ध गरेको छ। बायर्नले माथिसलाई फ्रेन्च क्लब रेन्सबाट अनुबन्ध गरेको हो। लिग वानमा उनले गत सिजन ७ खेलमा जम्मा ५० मिनेट मात्र खेलेका थिए।

अहिलेको जेनेरेसनको उत्कृष्ट युवा खेलाडीको रुपमा रहेका माथिसका लागि बायर्नले २८.५ मिलियन युरो खर्च गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएको छ। बायर्नका स्पोर्टिङ डिरेक्टर हसन सालिहामिडिचले माथिस तेल युरोको ठूलो क्षमतावान खेलाडी रहेको भन्दै उनी प्राविधिक रुपमा बलियो र भर्सटायल स्ट्राइकर रहेको बताएका छन्।

उनले यसैवर्ष फ्रान्स यु-१७ टिमबाट युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए। उनी टिमका कप्तान पनि थिए। बायर्नले लामो समयदेखि उनलाई हेरेको र क्लबको लागि यो अर्को महत्वपूर्ण कदम भएको हसनले बताएका छन्।

उनले बायर्नमा ३९ नम्बर जर्सी लगाउनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×