क्रिकेट चल्दै गर्दा खेलकाे २३ औ‌ ओभरमा २३ मिनेट माैनधारण

काठमाडौँ - घरेलु टोली इंग्ल्यान्ड र न्यूजिल्यान्ड टेस्ट किक्रेट टिमका सदस्यहरुले अष्ट्रेलियन महान क्रिकेटर शेन वार्नको सम्झनामा अनोठौ तरिका अपनाए। गत मार्च ४ तारिखमा ५२ वर्षीय वार्नकाे थाइल्याण्डमा निधन भएको थियो। 

लर्डस मैदानमा इंग्ल्यान्ड र न्यूजिल्यान्डबीच जारी टेस्ट क्रिकेटको पहिलो दिन २३ औँ ओभरमा दुबै टिमका खेलाडीले २३ मिनेट मौन धारण गरेका हुन्। त्यतिमात्र नभएर मैदानमा उपस्थित हजारौ दर्शकहरुले समेत वार्नको सम्झनामा ताली बजाएका थिए। 

लर्डसको ठूलो स्क्रिनमा वार्नको सम्झनास्वरुप ‘शेन वार्न १९६९-२०२२’ लेखिएको थियो।

खासमा टेस्ट क्रिकेटमा श्रीलंकन बलर मुथिया मुरलिथरन पछि सर्वाधिक विकेट लिने खेलाडी वार्नले २३ नम्बरको जर्सी लगाउथे। उनले लगाउने गरेकाे जर्सी नम्बरकाे सम्मान गर्दै खेलकाे २३ औ‌ ओभरमा २३  मिनेट माैनधारण गरिएकाे हाे।

मुरलिथरनले ८ सय विकेट लिदाँ वार्नले ७ सय ८ विकेट लिएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×