अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिडबाट संक्रमित

काठमाडौँ - अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन्। यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट प्रभावित भएका बताइएको छ। ‘अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स’ले पछिल्लो तथ्यांकअनुसार यहाँका १ करोड ३२ लाख बालबालिका कोभिड १९ को संक्रमणबाट संक्रमित भएको पाइएको समाचारमा जनाइएको छ।

यहाँ पछिल्लो समयमा बालबालिकामा कोभिडको संक्रमण बढ्दो देखिएको छ। जसअनुसार यहाँ गएको मे १२ सम्मको पछिल्लो हप्तामा मात्र ९३ हजार बालबालिकामा यसको संक्रमण भेटिएको पाइएको हो।

पछिल्लो ४ हप्तामा मात्र कम्तीमा पनि २ लाख ४६ हजार जना बालबालिकामा कोभिडको संक्रमण बढेको देखिएको छ। अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले यहाँ पछिल्ला हप्ताहरुमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको पाइएको बताएको छ।

सो संस्थाले सन् २०२२ मा मा ५३ बालबालिकामा कोभिडको संक्रमण देखिएको जनाएको हो। अमेरिकी सरकारले बालबालिकामा देखिएको कोभिडको संक्रमणलाई कम गर्न विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×