काठमाडौँ - विवेक गुरुङ निर्देशित फिल्म ‘एउटा चित्र’को ट्रेलर सार्वजनिक भएको छ। चिकला हेर्न जाँदा सुरु भएको प्रेमकथामा आधारित फिल्ममा नवीन गुरुङ, अञ्जु गुरुङ र ओम गुरुङको प्रमुख भूमिका रहेको छ।
ट्रेलरमा मुख्य पात्रको यात्रा, प्रेम र केही हिमाली दृश्य समेत अटाएका छन्। निकोलस गुरुङको छायांकन र सम्पादन रहेको फिल्म यही भदौ ३१ गतेदेखि मिडटाउन सिनेमा पोखरामा प्रदर्शन हुँदैछ।