काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रजिअहरुको बैठक सम्पन्न भएको छ । उक्त बैठकले कोरोना संक्रमणको जोखिम बढेकाले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन, सार्वजनिक स्थानमा जम्मा नहुन, सभाजुलुस, भोजभतेर, जात्रा महोत्सव नगर्न आदेश दिएको छ।
काठमाडौँ उपत्यकालगायत मुलुकभर नै कोरोना संक्रमणको जोखिम बढेकाले उपत्यकाका तीनै प्रशासन कार्यालयहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तीमा घरबाहिर अत्यावश्यक काम नपरी ननिस्कन र निस्कनै परे सबैले अनिवार्य मास्कको प्रयोग गर्न पनि अनुरोध गरिएको छ । यसका साथै चाडपर्वहरुमा पनि परिवारभित्रका मानिसमात्र जम्मा भएर सांकेतिक रुपमा मात्र मनाउन पनि प्रजिअहरुले आदेश गरेका छन्।
विज्ञप्ती
