काठमाडौँ । अदालतबाट रु. २६ लाख जरिवाना भएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
आदालतबाट कसुरदार ठहर भई जरिवाना तोकिएका काठमाडौँका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको हो। बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले उनलाई रु. २६ लाख जरिवाना गरेपछि उनी अचानक फरार भएका थिए। फरार रहेका श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज शुक्रबार बानेश्वरबाट पक्राउ गरेको हो। ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ असोज १० गतेको फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम रु. २६ लाख जरिवाना ठहर गरेको थियो।
पक्राउ परेका श्रेष्ठले सिभिल बैंक लिमिटेड भक्तपुरको आफ्नो खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्याएर चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए। उच्च अदालतले श्रेष्ठलाई बैकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको हो। श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको छ।