गोल्डेन बुट दौडमा मेस्सी नै शीर्षमा, अग्रता लिन चुके एमबाप्पे

काठमाडौँ - कतारमा जारी फिफा विश्वकप फुटबलमा गोल्डेन बुट दौडमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अग्रता कायमै राखेका छन्।

गएराति सम्पन्न मोरक्कोविरुद्धको सेमिफाइनल खेलमा फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल गर्न नसक्दा मेस्सीले अग्रता कायमै राखेका हुन्। मोरक्कोविरुद्ध एमबाप्पेले १ गोल गरेको भए मेस्सी पछि पर्ने सम्भावना थियो।

सेमिफाइनल सकिँदासम्म यी दुवै स्टारले समान ५ गोल गरेका छन्। यद्यपि असिस्ट बढी गरेकाले मेस्सी गोल्डेन बुट दौडमा शीर्ष स्थानमा रहेका छन्। मेस्सीले ६ खेलमा ५ गोलका साथै ३ असिस्ट गरेका छन्।

त्यस्तै, एमबाप्पेले ६ खेलमा ५ गोल गर्दा २ असिस्ट गरेका छन्। अब फाइनल खेलले गोल्डेन बुट हात पार्ने खेलाडीको टुंगो लगाउनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×