काठमाडौँ – लामो समयको प्रतिक्षा पछि सार्वजनिक भएको बलिउड चलचित्र ‘बच्चन पाण्डे’ले सुस्त सुरुवात गरेको छ। शुक्रबार सार्वजनिक भएको उक्त चलचित्रले पछिल्लो दुई दिनमा केवल २५.२५ करोडमात्र आम्दानी गरेको छ। पहिलो दिन करिव १३ करोड कमाएको उक्त चलचित्रले दोस्रो दिन १२ करोड मात्र आम्दानी गरेको छ।
अक्षय कुमार, कृति सेनन र ज्याक्लिन फर्नान्डिजजस्ता स्टार कलाकारको अभिनय रहेको उक्त चलचित्रले अपेक्षा अनुरुप दर्शकलाई आकर्षण भने गर्न सकेन। पछिल्लो समय कम लगानीको ‘द कश्मीर फाइल्स’ले बक्स अफिसमा तहल्का मच्चाएकाले पनि ‘बच्चन पाण्डे’ले सोच अनुरुप कमाइ गर्न नसकेको अनुमान भारतीय रंगमिडियाहरुले गरेका छन्।