छड्के र पशुपति प्रसादको सिक्वेलमा विपिन नहुने सम्भावना

काठमाडौँ - अभिनेता विपिन कार्कीलाई क्यारेक्टरमा बाच्ने कलाकार भनेर पनि चिन्ने गरिन्छ। उनले आफूले अभिनय गरेका फिल्महरू मार्फत आफ्नो क्यारेक्टरलाई स्थापित गर्ने गर्छन्। त्यस कारणनै उनी भन्दा पनि उनको क्यारेक्टरलाई दर्शकले चिन्छन्। विपिनलाई दर्शकले सम्झिने क्यारेक्टर मध्येको एक ‘भष्मे डन’ हो। पशुपति प्रसादको जति चर्चा भयो त्यति नै भष्मे डनको पनि। उनले बोल्ने शैलीको दर्शक फ्यान भए।

यद्यपि पशुपति प्रसादकै नयाँ सिरिजमा उनी नहुने सम्भावना बढेको छ। अभिनेता खगेन्द्र लामिछाने र निर्देशक दीपेन्द्र के खनाल ‘पशुपति प्रसाद’ को सिरिज वा सिक्वेल ल्याउने तयारिमा रहेका छन्। पशुपति क्षेत्रमा हुने गतिविधिलाई समेटेर उनले फिल्म तयार गर्नेछन्। खगेन्द्रद्वारा लिखित स्क्रिप्टमा फिल्म बन्नेछ।

केहि विषयमा समझदारी नहुँदा फिल्ममा विपिन नहुने भएका छन्। फिल्म छायांकनको समय र पारिश्रमिकको विषयमा कुरा नमिल्दा विपिनले फिल्ममा काम नगर्ने सम्भावना बढेको हो। विपिनले अहिले दुई सेड्युलमा बलिउड फिल्म ‘एनिमल’ मा काम गर्दैछन्।

उनले पशुपति प्रसादबाट सोचे अनुसारको पारिश्रमिकको अफर नपाएपछि र एनिमलको सेड्युलमा असर पर्ने भएपछि फिल्म नगर्ने मनसाय बनाएको फिल्म निकट एक सदस्यले बताएका छन्। त्यस्तो त विपिनले छड्केको सिक्वेल ‘छड्के २’ पनि नगर्ने चर्चा चलेको छ। यद्यपि यी विषयमा उनले र फिल्म निर्माण कम्पनीले आधिकारिक रुपमा बोलेका छैनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×