काठमाडौँ। बहुप्रतिक्षित नेपाली चलचित्र 'कबड्डी ४' नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्देशक रामबाबु गुरुङले टिजर चाडै आउने जानकारी दिदै चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन्। पोस्टरमा अभिनेता दयाह्याङ राईलाई देख्न सकिन्छ। उनी भिक्षुको रूपमा पोस्टरमा देखा परेका छन्। चलचित्रमा दयाह्याङका अलावा सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, जयनन्द लामा आदि कलाकारहरुको अभिनय रहनेछ। यो चलचित्रको अन्तिम सिक्वल हुनेछ। चलचित्रका तिनै सिक्वलका कलाकारहरुलाई विशेष भूमिकामा यो सिक्वलमा देखिनेछ।