काठमाडौँ - अष्ट्रेलियाले टी-ट्वान्टी क्रिकेट सिरिजका लागि भारतको भ्रमण गर्ने भएको छ। अष्ट्रेलियाले सोमबार भारतसहित अन्य देशसँगको क्रिकेट सिरिज सार्वजनिक गरेको हो।
अष्ट्रेलियाले आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अघि भारतको भ्रमण गर्न लागे पनि भ्रमणको मिति भने तय भएको छैन। अष्ट्रेलियाले अक्टुबर १६ देखि नोभेम्बर १३ सम्म विश्वकप आयोजना गर्दैछ।
अष्ट्रेलियाले वेस्ट इन्डिज तथा इंग्ल्यान्डविरुद्धको सिरिज पनि आयोजना गर्नेछ। अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध २ तथा इंग्ल्यान्डविरुद्ध ३ खेलको टी-ट्वान्टी सिरिज खेल्ने भएको छ।
विश्वकपपछि इंग्ल्यान्डसँग ३ खेलको एकदिवसीय तथा वेस्ट इन्डिज र दक्षिण अफ्रिकाविरुद्ध टेष्ट सिरिज खेल्ने छ।