खोटाङ - खोटाङको ऐसेलुखर्क गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार गिरेन्द्रबहादुर राई १२६ मत अन्तरले विजयी भएका छन्।
उनले गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का श्रीबहादुर राईलाई १२६ मत अन्तरले पराजित गरेका हुन्। कांग्रेसका ‘बागी’ उम्मेदवार सन्तवीर तामाङले १ हजार ७ मत प्राप्त गरेका छन्। गाउँपालिका सभापति रहेका तामाङ बागी उठ्दा एमालेका गिरेन्द्रलाई पल्ला भारी भएको हो।
यसै गरी उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश राजभण्डारी विजयी भएका छन्।