बेन्जिमाले गरे रियाल मड्रिडसँग सम्झौता नवीकरण

काठमाडौँ - फ्रेन्च फरवार्ड करिम बेन्जिमाले स्पेनिस क्लब रियाल मड्रिडसँगको सम्झौता नवीकरण गरेका छन्।

बेन्जिमाले सन् २०२४ सम्मका लागि सम्झौता नवीकरण गरेको दी मिरोरले जनाएको छ। बेन्जिमाको क्लबसँग सन् २०२३ सम्मको सम्झौता थियो। सन् २००९ मा रियाल मड्रिडमा आएका बेन्जिमाले गत सिजन क्लबलाई ला लिगा र च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

३४ वर्षीय बेन्जिमा सन् २०२२ को बालोन डी‘ओरको मनोनयनमा समेत परेका छन्। बेन्जिमाले रियालका लागि ४ सय १७ ला लिगा खेलमा २ सय २० गोल गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×