काठमाडौँ - इंलिस प्रिमियर लिगमा नटिङ्घम फरेस्टले लिभरपुललाई पराजित गरेको छ। खेलमा पुछारमा रहेको नटिङ्घमले शुक्रबार राति लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो।
लिभरपुलका पूर्व खेलाडी ताइवो अवोनियिकले घरेलु टोलीका लागि खेलको ५५ औं मिनेटमा गरेको गोल नै विजयका लागि निर्णायक बन्यो। अवोनियकले सन् २०२१ मा लिभरपुल छाडेका थिए।
फरेस्टले ठूलो क्लबविरुद्ध जित निकाल्दै पुछारको स्थान छाडेको छ। उसले ९ अंक जोडेर तालिकाको १९ औं स्थानमा उक्लिएको छ। लिभरपुल १६ अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ।