सडक, रेलमार्ग, विद्युत ट्रान्समिसनलगायतले वन्यजन्तु संरक्षणमा प्रभाव

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले विकास जरुरी रहेको उल्लेख गर्दै भन्नुभयो, “संरक्षण अनिवार्य हो ।” यहाँको वन र वन्यजन्तु हेर्नकै लागि पर्यटक आउने गरेको चर्चा गर्दै ढुङ्गानाले थप्नुभयो, “त्यही देखाएर हामीले पर्यटकीय गतिविधि सञ्चालन गरेका छौँ, मध्यवर्तीमा रोजगारी सिर्जना भएको छ ।”

काठमाडौँ - चितवनमा प्रेस चौतारी नेपालले वन्यजन्तु संरक्षणका विषयमा छलफल गर्न एक कार्यक्रमको आयोजना गरेको छ।

सो भेलामा राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख डा. बाबुराम लामिछानेले साना–साना कुराले संरक्षणको क्षेत्रमा ठूलो प्रभाव पार्ने बताए। सडक, रेलमार्ग, विद्युत ट्रान्समिसनलगायतले वन्यजन्तु संरक्षणमा प्रभाव पारेको चर्चा गर्दै उनले भनेका छन्, “पूर्व–पश्चिम राजमार्गमा २७१ किलोमिटर जङ्गल पर्दछ।” 

नेपालका आधाभन्दा बढी जनसङ्ख्या तराईमा रहेको र वन र वन्यजन्तुको ठूलो सङ्ख्यामा पनि यही क्षेत्रमा रहेको चर्चा गर्दै लामिछानेले भने, “यही क्षेत्रमा विकास धेरै भइरहेका छन्।” हामीले बनाउने संरचनामा वन्यजन्तुको भविष्य निर्भर हुने भन्दै उनले भने, “वन्यजन्तुको मृत्युको प्रमुख कारण सडक दुर्घटना हो।” नेपालमा एक वर्षमा दुई हजार ३७४ वन्यजन्तु मारिँदा ६१४ सडक दुर्घटनामा परेर मरेको तथ्याङ्क उनले प्रस्तुत गरेका छन्। उक्त तथ्याङ्क निकुञ्जको मात्रै हो।

कार्यक्रममा प्रेस चौतारी नेपाल, चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदी, नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावल, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, निर्माण व्यवसायी सङ्घ चितवनका अध्यक्ष उमानन्द कँडेल, चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारी, पश्चिम चितवन पत्रकार मञ्चका अध्यक्ष अपिल घिमिरेलगायतले आ आफ्नो धारणा राखेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×