इंग्ल्यान्ड समूह विजेता बन्दै अन्तिम १६ मा

काठमाडौँ - ६४ वर्षपछि विश्वकपमा फर्किएको वेल्स समुहचरणबाटै बाहिरिएको छ। इङल्याण्डसँग ३-० ले पराजित हुँदा कतारबाट बिदा हुनु परेको हो।

अहमद अल बिन अली स्टेडियममा मंगलबार राति भएको खेलमा इङल्याण्डसँग ३-० ले पराजित भएपछि वेल्सको दोस्रो पटक अन्तिम १६ मा पुग्ने इच्छामा यसपटक पूर्णविराम लागेको हो। यसअघि सन् १९५८ मा पहिलो सहभागितामा नै क्वार्टरफाइनलसम्म पुगेको थियो। त्यसपछि पहिलो पटक विश्वकपमा सहभागी भएको वेल्स समूह चरणबाट अघि बढ्न सकेन।

समूह बी मा रहेको वेल्स पहिलो खेलमा अमेरिकासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो। दोस्रो खेलमा इरानसँग २-० ले पराजित हुँदा अघिल्लो यात्रा संकटमा परेको थियो। शुक्रबार इरानसँगको खेलमा वेल्सका गोलरक्षक वेन हेनेसीले ८६ औँ मिनेटमा रातो कार्ड खाँदै मैदान छाडेपछि खेलले अर्कै मोड लियो। वेल्सविरुद्द फिल फाेडेनले १ र रासफाेर्डले २ गाेल गरेका थिए।

यो समूहबाट इङल्याण्ड विजेता र अमेरिका उपविजेता बन्दै नकआउट पुगे। इरान र वेल्स भने समूह चरणबाट बाहिरिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×