चौथो एपिक नेपाल म्युजिक अवार्डको आवेदन खुला

काठमाडौँ - एपिक नेपाल म्युजिक अवार्डको चौथो संस्करण आयोजना हुने भएको छ। भक्तपुरको शंखधर पार्कमा आयोजित पत्रकार सम्मेलनमा नयाँ संस्करणको औपचारिक घोषणासँगै फारम खुलेको जानकारी गराइयो।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ हुन लागेको अवार्डमा गीत-संगीतका सबै विधालाई समेटिने जनाइएको छ। लोकसंगीतमा क्रियाशील तथा नवप्रतिभाका सर्वोकृष्ट रचनाको साथै आधुनिक, पप, लोकपप, पर्व विशेष, काठे र देउडा गीतलाई अवार्ड प्रदान गरिने महासचिव वविता श्रेष्ठले जानकारी दिएकी छिन्।

अवार्डको उत्कृष्ट पाँच मनोनयन पुस २ गते घोषणा गरिने तथा अवार्ड कार्यक्रम माघ ७ गते भक्तपुरमा नै गरिने आयोजकले जनाएको छ। यस वर्ष ३६ विधामा अवार्ड प्रदान गरिनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×