नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको टिकट मूल्य निर्धारण

काठमाडौँ - नेपाल र बंगलादेश राष्ट्रिय फुटबल टोलीबीचको मैत्रीपूर्ण खेलको टिकट मूल्य निर्धारण भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मैत्रीपूर्ण खेलको टिकटको मूल्य सार्वजनिक गरेको हो।

सामान्य प्यारापिटको मूल्य ५ सय रुपैयाँ र भिआइपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ। फिफा डे अन्तर्गत २ राष्ट्रबीचको मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा असोज ११ गते खेलाइनेछ। खेल साँझ ५:३० बजे सुरु हुनेछ। एन्फाका उपाध्यक्ष विराज जंग शाहीले खेलको संयोजकको जिम्मेवारी निर्वाह गर्नेछन्।

सो खेलको अनुमानित बजेट कुल ४८ लाख ६५ हजार रुपैयाँ रहेको छ। बङ्गलादेशको टोली असोज ७ गते नेपाल आइपुग्ने एन्फाले जनाएको छ। नेपाली टोलीलाई भने कार्यवाहक प्रशिक्षक प्रदिप हुमागाईँले प्रशिक्षण गराईरहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×