टि-२० विश्वपमा जित्नै पर्ने दबाबमा श्रीलंका

काठमाडौँ - आइसिसी टि-२० विश्वप २०२२ को तेस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो खेलमा नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेलमा श्रीलंका र युएईबीच प्रतिस्पर्धा हुँदैछ।

श्रीलंका र युएईबीचको खेल अष्ट्रेलियाको जिलोङमा नेपाली समय अनुसार दिउँसो १ः ४५ मा सुरु हुनेछ। एसिया कप २०२२ च्याम्पियन श्रीलंका पहिलो खेलमा नामिबियासँग ५५ रनले पराजित भएपछि जित्नै पर्ने दबाबमा छ। श्रीलंका आजको खेलमा पराजित हुँदा पहिलो चरणबाटै बाहिरिनेछ।

श्रीलंका नामिबियाले प्रस्तुत गरेको १ सय ६४ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय ८ रनमा अल आउट भएको थियो। श्रीलंकाका दासुन शनकाले सर्वाधिक २९ रन बनाएका थिए। श्रीलंकाले आजको खेलमा उत्कृष्ट ब्याटिङ गर्नुपर्ने हुन्छ।

त्यसको लागि प्रमुख ब्याटर कुशल मेन्डिस, भानुका राजपक्षे, पाथुम निसंका र धनुष्का गुणाथिलकाले जिम्मेवारीका साथ उत्कृष्ट प्रदर्शन गर्नुपर्छ। श्रीलंकाले धनन्जय डि सिल्भाको स्थानमा चरिथ असलंकालाई मौका दिनसक्छ। गतवर्ष विश्वकपमा सानदार प्रदर्शन गरेपनि असलंका एसिया कपमा खराब प्रदर्शनपछि मौका पाउन सकेका छैनन्।

श्रीलंकाका स्पिनर वानिन्दु हसंगा र महेथ थिक्सना प्रमुख हतियार हुन्। तीव्र गतिका बलर दुश्मन्था चामिराबाट श्रीलंका उत्कृष्ट सुरुवात चाहन्छ। यता युएई पहिलो खेलमा नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको थियो। पहिलो खेलमा युएईले नेदरल्यान्ड्सविरुद्ध १ सय ११ रन मात्रै बनाएको थियो। युएई ब्याटिङमा सुधार गर्न चाहन्छ।

मोहम्मद वासिमले राम्रो प्रदर्शन गर्दै आएका छन्। ठूलो अपेक्षा गरिएका वृत्य अरविन्द र चिराग सुरीले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ। तीव्र गतिका बलर जुनैद खानले भने उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। यो खेलमा पराजित हुँदा युएई बाहिरिने छ। आजको पहिलो खेलमा नेदरल्यान्ड्स र नामिबियाबीचको खेल विहान ९ : ४५ मा सुरु हुनेछ। दोस्रो दिन २ पटकको विश्वकप च्याम्पियन वेस्टइन्डिज स्कटल्यान्डसँग स्तब्ध भएको थियो।

शीर्ष २-२ टोली सुपर १२ मा पुग्नेछन्। सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन्। सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×