काठमाडौँ - श्रीलंका क्रिकेट बोर्डले अलराउण्डर चमिका करुनारत्नेलाई सबैखाले क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको छ।
श्रीलंका क्रिकेटले बुधबार करुनारत्नेलाई १ वर्षको प्रतिबन्ध लगाएको हो। टी-२० विश्वकप दौरान खेलाडी अनुशासन तोडेको भन्दै श्रीलंकाले करुनारत्नेलाई प्रतिबन्ध लगाएको हो।
श्रीलंका क्रिकेट बोर्डले गठन गरेको ३ सदस्सीय छानबिन समितिले करुनारत्नेलाई दोषी देखाएको थियो। यस्तै उनलाई ५ हजार अमेरिकी डलर जरिवाना समेत तोकिएको छ।