सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल' मा फ्रेन्च फिल्मको प्रतिनिधित्व गर्दै

काठमाडौँ - अभिनेत्री सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन फ्रान्स गएकी छिन्। मे १७ (आज)बाट सुरु भएको फेस्टिभल आगामी २८ तारिखसम्म चल्ने छ। ७५ औँ संस्करणको यो फेस्टिभलमा सुरक्षा रेड कार्पेटमा सहभागी हुनेछिन्। 

फ्रान्स हिड्नु अघि सुरक्षाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ‘कान्स फिल्म फेस्टिभलमा २०२२ मा सहभागी हुन जाँदै छु। सबैभन्दा पहिला त जानको लागि गर्नुपर्ने दौडधुपमा मसँगै दौडिने सहयोगी साथीहरुलाई माया अनि सम्मान छ।’ उनले केहि समयअघि एक अन्तर्राष्ट्रिय फिल्ममा अभिनय गरेको र सोही फिल्मको प्रतिनिधित्व गर्दै फेस्टिभलमा सहभागी हुन लागेको उल्लेख गरेकी छिन्। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×