'शमशेर'मा हिमेश र सुमन पनि अनुवन्धित

काठमाडौँ - फिल्म ‘शमशेर’मा कमेडियन हिमेश पन्त र अभिनेता सुमन गौतम पनि अनुबन्धित भएका छन्। मनिष राउत र गौरव पहारीको मुख्य भुमिका रहेको यस फिल्ममा उनीहरू पनि अनुबन्धित भएका हुन्। यद्यपि उनीहरुको भूमिका बारे भने खुलाइएको छैन। एक्सन जनरामा बन्ने फिल्मलाई एभरेष्ट फिल्म एकेडेमी र डीआर डेनिमको सहकार्यमा निर्माण हुन लागेको फिल्ममा कमेडियनका रुपमा परिचित हिमेशको भूमिका कस्तो हुनेछ भन्ने विषय आम दर्शकको रहेको छ। हिमेश यसअघि फिल्म 'वर एण्ड बधु'मा पनि अनुबन्धित भइसकेका छन्।

निर्माण पक्षले दिएको जानकारीका अनुसार फिल्मको छायाङ्कन काठमाडौं, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ। फिल्ममा मनिष राउत, गौरव पहारी, सुमन गौतम र हिमेश पन्त बाहेक सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारहरुको समेत अभिनय हुनेछ। सीबर्ड्स इन्टरटेनमेन्टको ब्यानर रहेको फिल्मको लागि मुख्य अभिनेत्रीको भने खोजी भइरहेको बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×