काठमाडौँ - अर्जेटिनाको बास्केटबल टोलीले अब केल्मीको जर्सी लगाउने भएका छन्। स्पेनी ब्रान्ड केल्मीले अर्जेटिनाको बास्केटबल संघसँग प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ।
अर्जेन्टिना बास्केटबल कन्फेडेरेसनले केल्मीसँग ३ वर्षका लागि प्राविधिक प्रायोजकको रूपमा सम्झौता गरेको हो। केल्मीले अब अर्जेन्टिनाको पुरुष र महिलाको सिनियर तथा जुनियर टोली र थ्रि बाई थ्री टोलीलाई प्रायोजन गर्ने सम्झौतामा उल्लेख गरेको छ।
केल्मीले फुटबलमा प्रायोजन गर्दै आएको छ। उसले वाटफोर्ड एफसी, बोभिस्टा एफसी, सीडी सान्ता क्लारा र पोर्चुगलको बेलेनेन्सेस एसएडी, अर्जेन्टिनाको क्लब एट्लेटिको कोलोन, इजरायली हापोएल बेयरसँग सहकार्य गर्दै आएको छ।
केल्मीले नेपालमा राष्ट्रिय भलिबल टिम, राष्ट्रिय क्रिकेट टोलीलाई प्रायोजन गर्दै आएको छ। त्यस्तै ए डिभिजन क्लवमा नेपाल प्रहरी, त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपीएफ, एनआरटीसॅंग सहकार्य गर्दै आइरहेको छ।