सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं - रूपन्देहीको सियारी गाउँपालिका–२ कुट्टास्थित सडकमा बेथरीबाट अमुवातर्फ जाँदै गरेको लु.३१प ९१५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सिद्धार्थनगर नगरपालिका–३ खजहना बस्ने १६ वर्षीय अभिषेक कुर्मीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–८ बैकुन्ठपुरस्थित सडकमा लु.९० प ४१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा चालक रामग्राम नगरपालिका–१४ रेक्सहवा बस्ने २७ वर्षीय दिपेन्द्र साहानीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासी हुँदै क्रिमसन अस्पताल मणिग्राम रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको सप्तकोशी नगरपालिका–११ भगनी मलेठस्थित सडकमा रोकी राखेको बा.१० च ७१६४ नम्बरको पिकअपमा को.२८ प ५६१२ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–९ कमलपुर बस्ने २३ वर्षीय दिपेन्द्र शर्मा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानिय धर्मेश्वर अस्पताल ठेलिया हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार पिकअप चालकको प्रहरीले खोजी गरिरहेको छ ।
पर्साको जगरनाथपुर गाउँपालिका–६ औरहास्थित सडकमा वीरगंजबाट औरहातर्फ जाँदै गरेको प्रदेश ०२–०३–००९ प ७०३० नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ७० वर्षीय ब्रहमदेव महराको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×