रियालका बोर्जा गेटाफेमा अनुबन्धित

काठमाडौँ - स्पेनिस क्लब गेटाफेले स्ट्राइकर बोर्जा मायोरललाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ।

गेटाफेले ला लिगा प्रतिद्वन्दी रियाल मड्रिडबाट बोर्जालाई अनुबन्ध गरेको छ।

गेटाफेले १० मिलियन युरोमा उनलाई अनुबन्ध गरेको हो। स्पेनिस स्ट्राइकरले गत सिजन गेटाफेमा लोनमा खेलेका थिए।

उनले १८ ला लिगामा ६ गोल गरेका थिए। २५ वर्षीय स्ट्राइकरले गेटाफेसँग ५ वर्षको लागि सम्झौता गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×