लमजुङको भुस्मेमा जीप दुर्घटना; १२ जना घाइते

काठमाडौँ  । मर्स्याङ्दी गाउँपालिका ८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

मर्स्याङ्दी –९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर गएरको सो जीप आज विहान दुर्घटनामा परेको भुस्मेका स्थानीयवासी होमराज तामाङले जानकारी दिए। उनका अनुसार दुईजनाको जीपबाट उद्दार गर्न समस्या भइरहेको छ भने अन्य १० जनाको उद्दार गरेर जिल्ला अस्पताल ल्याइँदै छ। जीपमा सिमपानीस्थित गणेश माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक रहेका र घुम्तीमा ब्याक गर्ने क्रममा करिब ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ। खुदी प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको र जीपले थिचेकाको उद्दार गर्ने काम भइरहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ। थप विस्तृत जानकारी आउन बाँकी रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×