म्याग्दीको जनसङ्ख्या पातलिँदो; कुन गाउँपालिकामा कति?

काठमाडौँ - म्याग्दीमा २०६८ सालको जनगणनाअनुसार एक लाख १३ हजार ६४१ जना जनसङ्ख्या रहेकोमा २०७८ को प्रारम्भिक नतिजामा एक लाख सात हजार ३७२ मात्र देखिएको छ।

जिल्लाका गाउँ-नगरपालिकाको जनसङ्ख्या स्थिति
१.    अन्नपूर्ण गाउँपालिका    १२३५१ (०७८)    १३३१५ (०६८)
२.    बेनी नगरपालिका    ३३०६२(०७८)    ३३४९८ (०६८)
३.    धवलागिरि गाउँपालिका    १२६०४ (०७८)   १४१०४ (०६८)
४.    मालिका गाउँपालिका    १८३४६ (०७८)   १९४५८ (०६८)
५.    मङ्गला गाउँपालिका    १४७७२ (०७८)   १६२८६ (०६८)
६.    रघुगङ्गा गाउँपालिका    १४२३२ (०७८)   १५७५३ (०६८)

बसाइँसराइको कारण गाउँबस्ती पातलिँदै जान थालेपछि जनसङ्ख्या  पातलिँदै गएको जनप्रतिनिधिको भनाइ छ। जनप्रतिनिधिहरूका अनुसार जिल्लाका गाउँबस्तीसमेत पहिलाको तुलनामा विरानो देखिन थालेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×