काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन्।
सोमबार बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बोलाएर आयोगका पदाधिकारीहरुसँग छलफल गरेका हुन्। छलफलमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिबारे छलफल भएको थियो। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सहभागी थिए।
आयोगका पदाधिकारीहरुको बैठक सकिए लगत्तै प्रधानमन्त्री प्रचण्डले मन्त्रालयका सचिवहरुसँग छलफल थालेका छन्।