चन्द्रागिरिमा हराएका पाँचजनाको पाँच घन्टापछि सकुशल उद्धार

काठमाडौँ - नेपाल प्रहरीले चन्द्रागिरि डाँडामा हिउँ खेल्न जाँदा हराएका महिला तथा बालबालिकाको सकुशल उद्धार गरेको छ।

प्रहरीको महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप र विपद् व्यवस्थापन गुल्म सामाखुसीको टोलीले चन्द्रागिरि नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका २३ वर्षीया रीता गुरुङ, १५ वर्षीया सौभाग्य, १३ वर्षीय सहज, ११ वर्षीया जेनिसा र ७ वर्षीय एरविनलाई गएराति १  बजे सकुशल उद्धार गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हिँउ खेल्न गएर फर्कने क्रममा हराएका पाँचजनालाई ५ घन्टापछि सकुशल उद्धार गरिएको जानकारी दिए। प्रहरीले उनीहरुलाई स्वास्थ्य परीक्षण गराई आफन्तको जिम्मा लगाएको प्रवक्ता मैनालीले बताए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×