काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन्। प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बस्दै छ। उनले २६ गतेको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत उक्त दिन लिने संसद् सचिवालयलाई जानकारी गराइसकेका छन्। संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी गराएको पुष्टि गरे। प्रधानमन्त्री प्रचण्डले २६ गते बस्ने बैठकको कार्यसूचीमा विश्वासको मत लिने कार्यक्रम राख्न सचिवालयलाई जानकारी गराएको प्रवक्ता पण्डेले बताए।
सरकार बनाउँदा प्रचण्डले राष्ट्रपति समक्ष १६९ जनाको हस्ताक्षर बुझाएका छन्।