म्याग्दीको कुइनेखानीमा सडक पुग्यो

काठमाडौँ - रघुगङ्गा गाउँपालिका–८ को दुर्गम कुईनेखानी गाउँमा सडक पुगेको छ। 

रघुगङ्गा–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइनेसम्मको १२ किलोमिटर लामो सडक निर्माण गरिएको हो। थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिका अनुसार रु. ९१ लाख १२ हजारको लागतमा उक्त सडक निर्माण गरिएको हो। सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारको समपूरक बजेटबाट रु. ५० लाख र गाउँपालिकाको रु. ३३ लाख ५० हजार लगानी भएको उपभोक्ता समितिका अध्यक्ष चबहादुर छन्त्यालले जानकारी दिए। सडक सञ्जालसँग जोडिएसँगै अब कुइनेबासीलाई सदरमुकाम बेनी पुग्न पाँच घण्टा मात्र लाग्नेछ। बेनीबाट कुइनेसम्मको सडकको दूरी ४२ किलोमिटर छ। स्थानीयवासीलाई आवतजावतका साथै कृषि उपज बिक्री वितरण गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको छ। “सबैभन्दा बढी राहत बिरामीलाई पुगेको छ”, छन्त्यालले भने। सडक स्तरोन्नतिपछि सो सडकमा बाहै्रमास यातायातका साधन सञ्चालन गर्न सकिनेछ। उक्त सडकको हालै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा र रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्तरूपमा उद्घाटन गरे।

कार्यक्रममा सडक विस्तार गर्न रु. १२ लाख ६० हजार सहयोग गरेका गाउँपालिका अध्यक्ष भण्डारी, रु चार लाख ५० हजार सहयोग गरेका चित्रमान छन्त्याल र रु. तीन लाख ५० हजार सहयोग गरेका थमबहादुर छन्त्याललाई स्थानीयवासीले सम्मान गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×