काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनौ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्लोरविरुद्ध रोमाञ्चक जित निकालेको छ।
एमए चिदम्बरम रंगशालामा सोमबार भएको खेलमा बेङ्लोरले प्रस्तुत गरेको २१३ रनको लक्ष्य लखनउले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस हारेपछि ब्याटिङमा आएको बेङ्लोरले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१२ रनको योगफल खडा गरेको थियो।
जितसँगै चार खेलबाट ६ अंक जोडेको लखनउ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। तीन खेलबाट दुई अंक जोडेको बेङ्लोर तालिकाको सातौं स्थानमा छ।
आइपीएलमा आज दिल्ली क्यापिटल र मुम्बइ इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।