काठमाडौँ - प्रभास र कृति सेननको फिल्म ‘आदिपुरुष’ को टिजर भिडियो सार्वजनिक भएपछि फिल्मलाई लिएर निकै विवाद सिर्जना भइरहेको छ।
टिजर भिडियोमा देखाइएको रामदेखि रावणको लुक्सलाई लिएर प्रश्न उठिरहेको छ। ‘आदिपुरुष’ टिजर विवाद भइरहेको बेला रामानन्द सागरको टिभी शो ‘रामायण’ मा सीताको भूमिका निर्वाह गरेकी नायिका दीपिका चिखलियाले ‘आदिपुरुष’ को टिजर भिडियोलाई लिएर आफ्नो प्रतिक्रिया दिएकी छिन्।
मिडिसँगको विशेष कुराकानीमा उनले सबैभन्दा पहिले फिल्ममा प्रयोग गरिएको भिएफएक्सलाई लिएर प्रश्न उठाएकी छिन्। त्यसपछि उनले सैफ अली खानले निभाइरहेको रावणको भूमिकाबारे आफ्नो धारणा राखेकी छिन्। उनले भनिन, ‘तपाई श्रीलंकाको हुनुहुन्छ भने त्यस्तै देखिनुपर्छ, मुगल जस्तो होइन।’ उनले(सैफ अली खान) हाम्रो धर्म र भगवानसँग ठट्टा गर्नुभयो। ‘रामायण’ भक्तिको संविधान हो। यसमा हामीले सिक्नुपर्ने पाठ छ। ‘रामायण’ लाई बदनाम नगर्नुहोस्।
रामानन्द सागरको टिभी शो ‘रामायण’ मा लक्ष्मणको भूमिका निभाएका अभिनेता सुनिल लाहिरीले फिल्ममा देखाइएका स्टारलाई लिएर प्रश्न उठाएका छन्। उनले रावणको भूमिकाका लागि सोनू सुद र अजय देवगनलाई राम र ऋतिकलाई लक्ष्मणको भूमिकामा हेर्न चाहेको बताएका छन्।