लागूऔषधसहित दुई पक्राउ

वीरगञ्ज। लागूऔषधसहित सो  कारोबारमा संलग्न दुईजनालाई आज पर्सा प्रहरीको टोलीले  पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मनवा राजु डिजल ग्यारेजबाट खैरो हिरोइन ओसारपोसारमा संलग्न दुईजनालाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका–१० बस्ने २६ वर्षीय रामबाबु ठाकुर र वीरगञ्ज महानगरपालिका–१० मुर्ली बस्ने २१ वर्षीय सहजाद मन्सुरी रहेका छन्। ना.५६ प ५४१७ नंको सेतो पल्सर मोटरसाइकलको ट्याङ्कीभित्र कालो प्लास्टिकले बेरिएर लुकाई राखिएको सात प्याकेट लागूऔषध खैरो हिरोइन प्लास्टिक अन्दाजी (३.५ ग्राम) प्रहरीले बरामद गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×