फिल्म ‘बाबरी’को नयाँ गीत ‘चुलबुल चुलबुल’ सार्वजनिक

काठमाडौँ - भदौ ३१ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘बाबरी’को नयाँ गीत ‘चुलबुल चुलबुल’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अदिती बुढाथोकी र धीरज मगर फिचर्ड रहेका छन्। सुजन चापागाईद्वारा संगीतबद्ध गीतमा रविन्द्र लामिछानेको शब्द रचना रहेको छ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा धीरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ।

बाबरी फिल्मको प्रस्तुतीमा निर्माण भएको फिल्मलाई गणेश बुढाथोकी र पुष्पालता बुढाथोकीले निर्माण गरेका हुन्। फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाई र अनमोल गुरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ।

पटकथा तथा संवाद रितसिंह बोहरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन्। नरेन्द्र मैनालीले फिल्म खिचेका हुन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×