सुरक्षा पन्त अभिनित फिल्म 'बुलाकी' फागुन १९ गते प्रदर्शन हुने

काठमाडौँ - सुरक्षा पन्त अभिनित फिल्म 'बुलाकी'को प्रदर्शन मिति परिवर्तन गरिएको छ। यसअघि कात्तिक १८ गते प्रदर्शन हुने भनिएको फिल्म अब फागुन १९ गते प्रदर्शन हुनेछ।

निर्माण टिमले मंगलबार फिल्मको पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो। चुनावका कारण फिल्मको पूर्वनिर्धारित मिति सारिएकाे बताइएकाे छ।

यसअघि फागुन १९ गतेका लागि मिलन चाम्सको 'वर एण्ड वधु' र सुरज पाण्डेको 'परस्त्री'ले प्रदर्शन मिति तोकिसकेको छ। योसँगै अब ३ नेपाली फिल्म भिड्नेछन्। लक्ष्मण सुनारको निर्देशन गरेको फिल्म 'बुलाकी' जारी प्रथामा आधारित छ।

टाेपेन्द्र विष्टले निर्माण गरेकाे फिल्ममा सुरक्षा पन्तसँगै नरेन खड्का, विराज विष्टलगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको कथा राजबहादुर सानेको रहेको छ भने पटकथा तथा संवादका लागि सानेसँगै निर्देशक सुनार, निर्मल पौडेल तथा विराज विष्टले सहकार्य गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×