काठमाडौँ - जापानमा बसोबास गर्ने गायक दिलिप जंग खत्रीले विदेशमै रहेर पनि आफ्नो सांगीतिक रहर पुरा गर्दै आएका छन्। हालै उनले गाएको ‘सिमाना’ बोलको नयाँ गीत सार्वजनिक गरेका भएको छ।
गायक खत्रीकै शब्द तथा संगीत रहेको उक्त गीतमा उनलाई गायिका बेनिशा पौडेलले साथ दिएकी छिन्।
गीतको म्युजिक भिडियो जापानमै छायांकन गरिएको छ। गीतमा सुशील खत्री र अस्मिता सुबेदीले अभिनय गरेका छन्।
नमस्ते टोक्यो जापानका लागि रोशन कार्कीले भिडियोको निर्देशन तथा छायांकन गरेका छन्। नेत्र गुरुङले यसलाई सम्पादन गरेका छन्।