प्रेस चौतारी नेपालद्वारा दुई पत्रकार सम्मानित

काठमाडौँ - प्रेस चौतारी नेपालको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कृष्णप्रसाद सिग्दल स्मृति युवा पत्रकारिता पुरस्कारबाट दुई पत्रकार सम्मानित भएका छन्।

सम्मानित हुनेमा पत्रकार घनश्याम भण्डारी र नेत्र पि अधिकारी रहेका छन्। भण्डारीलाई कृष्णप्रसाद सिग्दल स्मृति युवा पत्रकारिता पुरस्कार–२०७७ र अधिकारीलाई २०७८ बाट सम्मानित गरिएको हो। उक्त पुरस्कारको राशि जनही रु. ११ हजार १११ रहेको छ। पूर्वमन्त्री भानुभक्त ढकालले दुबै जनालाई सो पुरस्कार प्रदान गर्दै संविधान र सङ्घीयताको सुनिश्चिातका लागि तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए। उनले स्थानीय तह जनप्रतिनिधिविहीन हुनु अगाडि नै निर्वाचन हुनुपर्छ भन्दै नेकपा एमाले जनताको सार्वभौमसत्ता कायम राख्न सदैब निर्वाचनको पक्षमा रहेको बताए। 

नेकपा एमालेका केन्द्रीय सदस्य बिनोद ढकालले पेशागत हकहितका लागि सङ्गठित रुपमा कार्य गरी स्वच्छ, मर्यादित र निश्पक्ष रुपमा जनतालाई सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×