काठमाडौँ - नेपाल आइडलका चर्चित प्रतियोगी पवन गिरीको आफ्नै स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ‘माया बस्यो है’ सार्वजनिक भएको छ।
मायाप्रेमका बिषय समेटिएको गीतको भिडियो पनि बनेको छ। जसमा साक्षी लम्साल, बिष्णु खरेल र सरोज केसीको अभिनय रहेको छ। अनुप चापागाईको निर्देशन रहेको भिडियो राज पोखरेलको छायाँकन रहेको छ।
विकास दाहालको सम्पादन गरेका भिडियो गिरीको आधिकारिक युट्युव च्यानल ‘पवन गिरी अफिसियल’ मार्फत सार्वजनिक भएको हो। गिरीका यस अगाडि ‘बधाई छ’, ‘मिल्टेरिको जुत्ता’, ‘म जे छु’, ‘मलाई एकछिन देउ’ लगायत थुप्रै गीत सार्वजनिक भइसकेका छन्।